मुसिकाेट नगरपालिका वाइसीएल नेपालकाे अध्यक्षमा राजु विक
64x64
२०७८ चैत्र ०५ शनिबार प्रेसपालिका संवाददाता
273 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट वाइसीएल नेपाल  मुसीकोट नगरपालिका रुकुम पश्चिमको अध्यक्षमा राजु विक चयन हुनु भएको छ । सहिद प्रतिष्ठानको हलमा भएको प्रथम भेलाले  विकको अध्यक्षतामा ७५ सदस्यीय नगर समिति चयन गरेको हो । वाइसीएलको नगरपालिका उपाध्यक्षमा विष्णु रेउले, झकेन्द्र केसी र मिनकुमार खड्का  चयन भएका छन् । सचिवमा लोकेन्द्र कठायत, सह सचिवमा प्रविन ओली, रमेश आग्री, मनबहादुर गिरी, डिल्ली सन्यासी, गनेश ओली, खिमबहाुर घर्ती, टोपिलाल केसी चयन भएका छन् । त्यतै कोषाध्यक्षमा चयन हुना बाकि रहेकाे छ । अनुशासन आयोगमा टिकाराम विष्ट र लेखा आयोगमा संगम पुनलाई चयन गर्दै आज सम्मेलन सम्पन्न भएको छ । भेला मुसिकाेट नगरपालिका इन्चार्ज डम्मर थापाको अध्यक्षतामा भएको थियाे । माओवादी केन्द्रका नेता राजकुमार शर्मा, वसन्तकुमार शर्मा, वाइसीएलका कर्णाली प्रदेश सहसंयोजक शैलेशकुमार शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका अन्य नेता कार्यकर्ताकाे उपस्थितिमा भेला भएको हो । कार्यक्रमकाे सञ्चालन राजु विकले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

नेयमारको गोल खेर गयो विश्वकप जित्ने सपना चकनाचुर !  |  पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |