प्रकाश डाँगी :
एकीकृत अखिल नेपाल शिक्षक संगठन चौरजहारी नगर समिति रुकुम पश्चिमले अन्तरक्रिया कार्यक्रमकाे आयोजन गरेको हो ।
शान्ती पुर्ण सहिद स्मृति सभाहल चौरजहारी नगरपालिका वडा नं ३ मा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको हो । नगरपालिकाको शैक्षिक विकास र समृद्धिका लागि नगर करार शिक्षक ,बिद्यालय कर्मचारी र बालविकास शिक्षकहरुले पुर्याएकाे याेगदान र योजना सन्दर्भमा उहाँहरूको भुमिका लगायत का विषयमा अन्तर्रक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको हो। नगर करार शिक्षक ,विद्यालय कर्मचारी तथा वालविकास सहजकर्ता ,नगर सरकार र नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )चौरजहारी नगर समिति विच अन्तर्क्रिया अन्तर भएको कुरा सङ्गठनका नगर समिति अध्यक्ष शेर बहादुर के सी ले जानकारी दिनुभयो।
कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व अर्थ तथा याेजना मन्त्री गाेपाल शर्मा (अनल)काे प्रमुख,आतिथ्यता नगर प्रमुख विशाल शर्माकाे विशेष आतिथ्यता तथा उपप्रमुख राधा राेका,नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश समिति सदस्य पुष्प वादी ,नेपाल कम्युनिस्ट पार्टी चौरजहारी नगर समिति अध्यक्ष श्रीकृष्ण शर्मा ,नेपाल राष्ट्रिय कर्मचारी संगठन चौरजहारी नगर समिति अध्यक्ष डण्डप्रसाद शर्मा,
एकीकृत शिक्षक संगठनका प्रदेश समिति सदस्यहरु गणेश रेग्मी ,हिमसिं नेपाली ,नरेश न्यौपाने लगायतका अथितिहरुकाे उपस्थिति रहेको कार्यक्रमको काे अध्यक्षता सङ्गठन का नगर समिति अध्यक्ष शेर बहादुर के सी काे थियो भने कार्यक्रम काे संचालक सङ्गठनका नगर समिति उपाध्यक्ष उदयराम पुनले गर्नु भएको थियो।