शक्ति बारघरी : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) शितल मा बि चौरजहारी को दोस्रो बिद्यालय सम्मेलन सम्पन्न भएको छ । चौरजहारी नगरपालिका २ स्थित शितल माद्यामिक बिद्यालयमा सम्पन्न सम्मेलनले सन्जय खड्काको अध्यक्षतामा ४५ सदस्यीय समिति गठन गरेको छ ।
जसको उपाध्यक्ष रमिता खड्का , शान्ता राना , साधना गौतम, सचिव सुधा शर्मा, सह–सचिब सुदिप ओलि, पुजा शर्मा र मेनुका नेपाली कोषाध्यक्षमा धुव्रराज आचार्य चयन हुनु भएको छ ।
साथै सम्मेलनले विभिन्न बिभागिय समिति पनि निर्माण गरेको छ । जस अन्तर्गत अनुसन्धान बिभागमा युबराज लामिछाने, आर्थिक बिभागमा सरिता के सि, दलित तथा जनजाती बिभागमा भुपेन्द्र नेपाली , छात्रा बिभाग मा पुर्णिमा लामिछाने लाई चयन गरिएको छ ।
त्यस्तै साहित्य तथा सास्कृतिक बिभागमा रेनुका केसि, खेलकुद बिभाग मा दिपक मगर चयन भएको अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति अध्यक्ष निर्मल के सी ले जानकारी दिनु भयो ।
अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेश समिति सदस्य तथा रुकुम पश्चिम जिल्ला समिति उपाध्यक्ष निराजन केसी को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एकीकृत शिक्षक संगठनका चौरजहारी नगर समिति अध्यक्ष शेर बहादुर केसी संगठनका चौरजहारी नगर समिति अध्यक्ष निर्मल केसी, लगाएतको आतिथ्यता रहेको थियो ।
नगर समिति सदस्य हेमन्त दमाईको अध्यक्षता रहेको कार्यक्रमको संचालन नगर समिति सचिवालय सदस्य सुरज ओलिले गर्नु भएको थियो ।