अनेरास्ववियू क्रान्तिकारी हिमालय मावि खोलागाउँको अध्यक्षमा भैरब बिक
64x64
२०७८ चैत्र ०१ मंगलबार प्रकाश डाँगी (प्रचण्ड)
396 Views

चौरजहारी नगरपालिका वडा नम्बर  ११ स्थित हिमालय माध्यामिक विद्यालय खोलागाउँ मा नेपाल कम्युनिस्ट पार्टी माओवदी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी को प्रथम विद्यालय सम्मेलन सम्पन्न भएको छ ।

भैरब बिक को अध्यक्षतामा ४५ सदस्यीय अनेरास्ववियू क्रान्तिकारी विद्यालय समिति गठन गरिएको हो।
जसको उपाध्यक्षमा रमा खड्का र अनिता डाँगी, सचिव शुसिल शर्मा, सह : सचिव लोकेन्द्र के सी र रमित के सी, कोषाध्यक्षमा बिनिता बुढाथोकी चयन हुनुभएको छ ।
सम्मेलन मा सय जना भन्दा बढि प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र चौरजहारी नगर समिति अध्यक्ष श्रीकष्णा शर्मा को प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा अनेरास्ववियू क्रान्तिकारी कर्णाली प्रदेश समिति सदस्य तथा  जिल्ला समिति वरिष्ठ उपाध्यक्ष निराजन के सी को विशेष आतिथ्यता तथा संगठन का चौरजहारी नगर समिति अध्यक्ष निर्मल के सी, शिक्षक महासंघ चौरजहारी नगर समितिका अध्यक्ष भीम बाहादुर ओली, एकीकृत शिक्षक सङ्गठन  जिल्ला समिति उपाध्यक्ष उदयराम ओली, अखिल क्रान्तिकारी चौरजहारी नगर समिति सचिव अमृत आचार्य, संगठन का नगर समिति कोषाध्यक्ष सुजल आचार्य, संगठन का जिल्ला सदस्य डिल्ली बस्याल लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संगठन का नगर उपाध्यक्ष सुशीला शर्मा गर्नु भएकाे थियो भने त्यस्तै कार्यक्रम काे सन्चालन संगठन का नगर समिति सचिवालय सदस्य प्रकाश डाँगी ले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |