कर्मचारीको अन्तरक्रिया कार्यक्रम चाैरजहारीमा सम्पन्न
64x64
२०७८ फाल्गुण २९ आइतबार प्रेसपालिका संवाददाता
148 Views

नेपाल कर्मचारी संगठन चौरजहारी नगरपालिका रुकुम पश्चिमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चौरजहारी नगरपालिका स्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएकाे थियोे  । माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्व मन्त्री गोपाल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सपन्न भएको हो । कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष मिनबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो । संगठनका चौरजहारी नगर डण्डप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन भएकाे थियाे । कर्मचारीको अन्तरक्रिया कार्यक्रम चाैरजहारीमा सम्पन्न - प्रेस पालिकाकार्यक्रममा चौरजहारी नगरप्रमुख विशाल शर्मा, माओवादी केन्द्र चौरजहारीका अध्यक्ष श्रीकृष्ण शर्मा लगायतको आतिथ्यता रहेको थियो । कसरी संगठनलाई  व्यवस्थित बनाउन सकिन्छ साथै  कर्मचारीको अवस्था, समस्या  समाधानमा  भूमिका के हाे भन्ने बिषयमा छलफल रहेकाे थियाे । कार्यक्रम आयोजना गरिएको अध्यक्ष डण्डप्रसाद शर्माले बताउनुभयो । कार्यक्रमको सञ्चालन सह सचिव बलबहादुर केसीले गर्नुभएको थियो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News