दलित मुक्ति मोर्चा सानीभेरी १ को बैठक तथा भेला सम्पन्न
64x64
२०७८ फाल्गुण २६ बिहिबार प्रेसपालिका संवाददाता
172 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा सानीभेरी गाऊपालिका वडा नम्बर १ को बैठक तथा भेला सम्पन्न भएको छ ।
भेलाले नेपाल दलित मुक्ति मोर्चा सानीभेरी गाऊपालिका १ को वडा समिती निर्माण गरेको छ । ससिराम बिकको अध्यक्षतामा २९ सदस्य वडा समिती गठन गरिएको हो । जसको उपाध्यक्षमा गगराम बिक ,कौसिला बिक
र हिरालाल परियार,सचिब अनिल बिक, सह_सचिब अमर बिक र कोषाध्यक्षमा कृपा दमाई चयन हुनुभयको छ ।

भेलामा नेकपा माओवादी केन्द्र सानिभेरी गाउपालिका समिती सचिव टेक बहादुर पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै दलित मुक्ति मोर्चा सानिभेरी गाउसमिति उपाध्यक्ष्य धन बहादुर बि क, वाईसियल जिल्ला समिति सदस्य सन्तोष बिक लगायतको उपस्थिति रहेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News