अखिल नेपाल महिला संघ क्रान्तिकारी सानिभेरीकाे अध्यक्षमा नाैमती डाँगी
64x64
२०७८ फाल्गुण २५ बुधबार प्रेसपालिका संवाददाता
158 Views

खिम बहादुर ओली : रुकुम पश्चिमको सानिभेरी गाऊपालिकामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको दोस्रो गाऊपालिका सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले नौमति डाँगी ओलीको अध्यक्षतामा १९ जना पछी मनोनित गर्ने गरी ५६ सदस्यीय गाउँ समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा सिता पुन¸ मिना पुन र मनकुमारी पुन¸ सचिबमा जयकुमारी वि.क.¸ सह-सचिबमा विनिता मल्ल र कोषाध्यक्षमा जयकुमारी पुन चयन हुनुभएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य तथा नेकपा माओवादी केन्द्रकी प्रदेश समिति सदस्य मिलन खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनको विशेष आतिथ्यतामा रहेको थियो ।
तेस्तै पार्टीका नेता नरबहादुर पुन, कर्णाली प्रदेश समिति सदस्य विर्खबहादुर विष्ट, दिपेन्द्र विक, सानीभेरी गाउँपालिका पार्टी अध्यक्ष भूपालसिङ ओली लगाएतको आतिथ्यता रहेको थियो ।अखिल नेपाल महिला संघ क्रान्तिकारी सानिभेरीकाे अध्यक्षमा नाैमती डाँगी - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News