
प्रकाश डाङ्गी
नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियूक्रान्तिकारी माबी मुल एकाइ समिती गठन गरिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर २ मा अबस्थित शितल माद्यामिक बिद्यालयमा हिजो अनेरास्ववियू क्रान्तिकारीको मुल इकाइ समिति गठन गरिएको हो
कक्षा ९-१० प्राबिधिक तह अन्तरगत नवीन ओली को अध्यक्षता २९ सदस्यीय अनेरास्ववियू क्रान्तिकारीको मुल इकाई समिती गठन गरिएको अनेरास्ववियू क्रान्तिकारी चौरजहारीले जनाएको छ ।
जसमा उपाध्यक्ष सुबिक्षा रेग्मी,प्रेङ्का ओलि,सचिव रेखा आचार्य ,सह-सचिव : रोशन गहतराज,सुधा यादव र कोषाध्यक्षमा पारस खड्का चयन हुनु भएको छ।
उक्त कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी चौरजहारीका अध्यक्ष निर्मल के सी को प्रमुख आतिथ्यता रहेको थियो भने संगठनकी नगर समिति सह सचिव अनुशा पुन, संगठनका नगर समिति सदस्य हिम बहादुर दमाई, संगठन का नगर समिति सदस्य हेमराज आचार्य, संगठनका नगर समिति सदस्य प्रतिभा श्रेष्ठ उपस्थित रहेको कार्यक्रमको सञ्चालन संगठनका नगर समिति सचिवालय सदस्य सुरज ओली ले गर्नु भएको थियो।
