नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र सानिभेरी गाउँपालिका अन्तर्गत सानिभेरी ११ नम्वर वडाको चौथो बैठक सम्पन भएकाे छ ।
बैठकले प्रत्यक टोलमा बैठक भेला गर्ने निर्णय गरेको छ साथै बैठकले प्रचार प्रसार समिती , जेष्ठ नागरीक कम्युनिष्ट मंन्च, निर्वाचन प्ररीचालन समिती, गठन गरेको छ । बैठको अध्यक्षता वडा पार्टी अध्यक्ष मोतिराम खड्काले गर्नुभयको थियो । कार्यक्रममा प्रदेश कमीटी सदस्य दिपेन्द्र बिक मुस्कान र पालिका अध्यक्ष भुपालसिंह ओली, पालिका सदस्य राम बहादुर बिष्ट, मनजीत खत्री लगाएतको उपस्थिती रहेको थियो । बैठकमा बोल्दै प्रमुख अतिथी दिपेन्द्र बिकले पार्टीमा कामकाजलाई निर्वाचन केन्द्रित गर्ने प्रत्यक टोलटोल सम्म जाने र पाटीलाई बलियो र मजुबुद बनाउनुपर्नेमा जोड दिएका छन् । बैठकको संन्चालन पार्टी सचिव तिलाराम डाँगीले गर्नु भएकाे थियो ।
