अनेम संघ क्रान्तिकारी बाँफिकोट रुकुम पश्चिमको भेला सम्पन्न
64x64
२०७८ फाल्गुण २२ आइतबार प्रेसपालिका संवाददाता
166 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी बाँफिकोट रुकुम पश्चिमको भेला सम्पन्न भएको छ । भेलाले मनकला पुनको अध्यक्षतामा ९१ सदस्यीय नयाँ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा देउसरा केसी, खिमा डाँगी र रिता बाँठा, सचिवमा मनकुमारी विष्ट, सह सचिव सुस्मिता केसी देवकोटा र कोषाध्यक्षमा सीता ओली चयन भएका छन् ।

भेलामा माओवादी केन्द्रका नेता महेन्द्र केसीको प्रमुख आतिथ्यतामा रहेको थियो । त्यस्तै अनेमसंघ क्रान्तिकारीका नेतृहरु मिलन खड्का, इन्दिरा विएम, प्रेमकुमारी सुनारको आतिथ्यता रहेको थियो । भने माओवादी केन्द्रका नेता कलबहादुर नाथ, कर्णाली प्रदेश समिति सदस्य धर्मबहादुर केसी, चन्द्रबहादुर शाही, मनबहादुर वादी, बाँफिकोट अध्यक्ष चन्द्रबहादुर केसी लगायतको आतिथ्यता रहेको थियो । सिता खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तारा बुढा केसीले गर्नुभएको थियो ।अनेम संघ क्रान्तिकारी बाँफिकोट रुकुम पश्चिमको भेला सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News