शक्ति बारघरी : रूकुम पश्चिमको चौरहजहरी नगरपालिकाले नगर भरमा रहेका सहिद परिवारलाई सम्मान गरेको छ ।
आज ३ नम्बर वडाको सहिद पुर्ण शान्त स्मृति भवनको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले जनयुद्ध तथा जनआन्दोलनका सहिद परिवारलाई सम्मान गरेको हो ।
नगरपालिकाका १४ वटै वडाका ४९ सहिद परिवारलाई काँसको थाली, र दोसल्लाले सम्मान गरेको नगरपालिकाले जनाएको छ ।
कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्रि गोपाल शर्मा चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा उप प्रमुख राधा रोका लगायतले सहिद परिवारलाई सम्मान गर्नुभएको थियो ।
चालु आर्थिक बर्ष २०७८/०७९ को २ लाख बजेटबाट सहिद परिवारलाई सम्मान गरिएको हो । नगर प्रमुख विशाल शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै
महान सहिदको सम्झनामा उनिहरुका परिवारलाई सम्मान गरिएको बताउनुभयो ।
सहिदले देशको परिवर्तनमा लगाएको गुण कसैले पनि भुल्न नहुने र आफुहरुले सधै सहिदको सम्मान हुने काम गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
आफुहरु निर्वाचित भएर आए देखि नै सहिदको सम्झना र सम्मान स्वरुप उनिहरुका परिवारलाई कुनै नै कुनै रुपमा सम्झिरहेको उहाँको भनाई थियो ।
त्यस्तै कर्णाली प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्रि गोपाल शर्माले सम्मान कार्यक्रम बोल्दै आगामी दिन हरुमा पनि सहिद परिवार संगै रहने र सहिद सपना जसरी नि पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
पुर्ब अर्थ मन्त्री शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नगर प्रमुख विशाल शर्मा ,नगर उपप्रमुख राधा रोका, पुस्प बादी ,बिरेन्द्र बुढा ,नगर समिति अध्यक्ष श्रीकृष्ण शर्मा, उपाध्यक्ष खुम बहादुर खड्का लगाएत नेता कर्यकर्ताकाे उपस्थिति रहेको कार्यक्रम सन्चालन खुम बहादुर खडकाले भएको थियो ।
