वाइसीयल नेपाल मुसीकोट १३ को अध्यक्षमा गम्भिर
64x64
२०७८ फाल्गुण २० शुक्रबार प्रेसपालिका संवाददाता
211 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १३ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल)को वडा समिति गठन गरिएको छ । आज भएको युवाहरुको भेलाले गम्भिर खड्काको अध्यक्षतामा ५७ सदस्यीय वडा समिति निमार्ण गरेको छ ।

जसको उपाध्यक्षमा प्रकाश रोका र भरत कलेल, सचिवमा विकाश खड्का, सह सचिवमा हिरा रोका र मोतिराम बिष्ट तथा कोषाध्यक्षमा दिपक केसी रहनुभएको छ ।

त्यस्तै भेलाले वडालाई ४ वटा टोलमा विभाजन गर्दै इन्चार्ज समेत तोकेको छ । १ नम्बर टोलमा छविलाल खड्का, २ नम्बर टोलमा मनोज खड्का, ३ नम्बर टोलमा तारक बस्याल र ४ नम्बर टोलमा हेमन्त रोकालाई इन्चार्ज तोकिएको छ ।

त्यस्तै भेलाबाट चैत्र ५ गते हुने वाइसीयलको मुसीकोट नगर भेलामा सहभागिताका लागि १० जना प्रतिनिधि समेत छनौट गरिएको छ । वाईसीयलका वडा इन्चार्ज मिनकुमार खड्काको संयोजकत्वमा ५९ सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको छ ।

भेलामा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश समिति सदस्य मिलन खड्का, मुसीकोट नगर अध्यक्ष धिरन शिर्पाली विमर्श, वाइसीयलका केन्द्रीय अनुशासन आयोग सदस्य भुषण रावल, वाइसीयलका नगर इन्चार्ज डम्बर थापा इन्चार्ज, सचिव राजु बिक, माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य गोपाल केसी प्रमोद, पार्टीका वडा इन्चार्ज दिपक केसी, वडा अध्यक्ष खलबहादुर खड्का, पार्टीका नगर सदस्य तिलक रोका, नगर सदस्य तथा अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विशाल बिष्टको आतिथ्यता रहेको थियो ।

भेलाको संचालन वडा पार्टी सचिव चन्द्रबहादुर बिकले गर्नुभएको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |