वाईसीएल नेपाल त्रिवेणी गाउँपालिका अध्यक्षमा यमन बाठा
64x64
२०७८ फाल्गुण १९ बिहिबार प्रेसपालिका संवाददाता
620 Views

नेपाल कम्युनिष्ट पार्टी माओबादि केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) नेपाल त्रिवेणी गाउंपालिका समितिको तेश्रो सम्मेलन सम्पन्न भयको छ ।
वाइसिएल नेपाल त्रिवेणी गाउंसमिति अध्यक्ष शेर बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले एमन बाठाको अध्यक्षतामा ६० सदस्यीय वाईसीएल नेपाल त्रिवेणी गाऊपालिका समिति निर्माण गरेको छ ।वाईसीएल नेपाल त्रिवेणी गाउँपालिका अध्यक्षमा यमन बाठा - प्रेस पालिका
जसको उपाध्यक्षमा विशाल ओली र राजन डाँगी, सचिव रेशम पुन,सह-सचिव कमल ओली,निर्मल पुन र गजेन्द्र खड्का चयन हुनुभयको छ । त्यस्तै कोषाध्यक्षमा सविन ओलि र कार्यलय सचिवमा जनक केसी चयन हुनुभयको नेकपा माओवादी केन्द्र त्रिवेणि गाऊसमिति अध्यक्ष गणेश खड्काले जानकारी दिनुभयो।
त्यस्तै सम्मेलनले बिभिन्न आयोग पनि गठन गर्नुका साथै आयोग प्रमुख पनि चयन गरेको छ ।
अनुशासन आयोग प्रमुख खड्क ओली, लेखा आयोग प्रमुख चक्र घर्ति मगर र निर्वाचन आयोग प्रमुखमा गोपाल ओलिलाई चयन गरेको छ ।
त्रिवेणी गाउंपालिका २ सिम्रुतुमा रहेको शहिद स्मृति प्रतिष्ठान को सभाहलमा सम्पन्न भएको सम्मेलनमा वाइसिएल नेपाल केन्द्रीय सदस्य तथा प्रदेश समिति सह संयोजक शैलेश कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य मिन बहादुर ओली , कर्णाली प्रदेश समिति सदस्य झक्कुप्रसाद घर्तिको बिशेष आतिथ्यता रहेको थियो।
सम्मेलनमा कर्णाली प्रदेश समिति सदस्यहरु गनेश कुमार के सि, मोहन किशोर ओली, निर्मला बिस्ट खड्का, नेकपा माओबादी केन्द्र त्रिवेणी गाउंपालिका समिति अध्यक्ष गनेश खड्का,वाइसिएल नेपाल जिल्ला अध्यक्ष जनक कुमार बिश्वकर्मा ,जिल्ला इन्चार्ज लक्ष्मण ओली लगायतका नेताहरुको आतिथ्यता रहेको थियो।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback
6 months ago

tadalafil 10 mg https://pudbiascan.strikingly.com/

Lovely material, Kudos.

Flash News