नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीयल) रुकुम पश्चिम मुसीकोट ४ को विस्तारित बैठक सम्पन्न भएको छ । वाइसीयलका वडा इन्चार्ज गोविन्द रेउलेको अध्यक्षतामा सम्पन्न भएको बैठकले फागुन ३० गते वाइसीयलको वडा भेला गर्ने निर्णय गरेको छ ।
बैठकमा वाइसीयलका केन्द्रीय अनुशासन विभाग सदस्य भुषण रावलको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्र मुसीकोटका उपाध्यक्ष निर्मलकुमार पुन, पार्टीका ४ नम्बर वडा अध्यक्ष कमला पुन, वाइसीयलका नगर संयोजक डम्बर थापा, वाइसीयलका नगर सचिव राजु बिक तथा जिल्ला सदस्यहरु बिष्णु रेउले र टिकाराम पुनको पनि आतिथ्यता रहेको थियो ।