कांग्रेस र एमाले परित्याग गरी १२ जना माओवादी केन्द्रमा प्रबेश
64x64
२०७८ फाल्गुण १८ बुधबार प्रेसपालिका संवाददाता
139 Views

रुकुम पश्चिमको मुसीकोट नगरपालिका १३ मा नेपाली कांग्रेसका टोल उप सभापति शसिराम कसेरा सहित कांग्रेस कार्यकर्ताहरु शेरवहादुर परियार, भुइलसिंह परियार, तारक वस्याल, देउसरी विक, रामबहादुर खड्का र मनमाया वस्याल नेकपा माओवादी केन्द्रमा प्रेवस गरेका छन ।

त्यस्तै नेपाली काँग्रेसका श्याम विक, विमला विक, विनिता ददेल, देविलाल विक र नेकपा एमालेका चुडामणि परियार माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मुसीकोट १३ ले बताएको छ । नव प्रवेसिहरुलाई नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका विज्ञानले पार्टी प्रवेश गराउनुभएको हो ।
वडामा आज भएको नेपाल दलित मुक्ति मोर्चाको वडा भेला मार्फत नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी १२ जना माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र मुसीकोट १३ ले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News