अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सानीभेरी ११को दोस्रो बैठक सम्पन्न ।
64x64
२०७८ फाल्गुण १७ मंगलबार प्रेसपालिका संवाददाता
185 Views

खिम बहादुर ओली : अखिल नेपाल महिला संघ क्रान्तिकारी सानीभेरी गाउँपालिका वडा नं ११ को दोस्रो बिस्तारित बैठक सम्पन्न भएको छ । मनिशा डाँगीको अध्यक्षतामा सम्पन्न भएको बैठकले वडाका सबै टोलहरुमा टोल समिति गठन गर्ने निर्णय गरेको छ ।
फागुन २३ गते भित्र वडाका सबै टोलमा टोल समिति गठन गरिसक्ने र २४ गते हुन गैरहेको अनेम संघ क्रान्तिकारी सानिभेरी गाउपालिकाको सम्मेलन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । साथै सम्मेलनमा वडा बाट १० जना प्रतिनिधि पठाउने निर्णय पनि गरेको अनेम संघ क्रान्तिकारी गाउँपालिका संयोजक नौतमी डाँगी ओलीले जानकारी दिनुभयो ।

बैठकमा अनेम संघ क्रान्तिकारी कर्णाली प्रदेश समिति सदस्य तथा सानीभेरी गाउँपालिका इन्चार्ज ईन्दिरा वली, नेकपा माओवादी केन्द्र सानीभेरी गाउँ समिति अध्यक्ष भुपालसिं ओली, अनेरास्ववियू क्रान्तिकारी प्रदेश समिति सदस्य तथा सानीभेरी गाउँपालिका ईन्चार्ज राम बहादुर बिष्ट, अनेम संघ क्रान्तिकारी गाउँपालिका संयोजक नौतमी डाँगी ओली, नेकपा माओबादी केन्द्र ११ नम्बर वडा पार्टी उपाध्यक्ष रेशम बहादुर डाँगी लगायतको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News