एमाले,नेपालि काँग्रेस र राप्रपा पार्टी परित्याग गरि ५ जना माओवादी केन्द्रमा प्रवेश
64x64
२०७८ फाल्गुण १७ मंगलबार प्रेसपालिका संवाददाता
124 Views

नेकपा एमाले,नेपालि काँग्रेस र राप्रपा पार्टी परित्याग गरि ५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बाफिकोट गाउपालिका ३ र ४ नम्बर वडाका तिलक खत्रि,ठगेन्द्र केसी,ललिता विक,सुरज रसाईलि र विरभान ओलि गरि ५ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
। २७ औ सहिद सप्ताहको अवसर पारी बाँफिकोट गाउपालिका ४ को नेटामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आयोजना गरेको ३,४ र ५ नम्बर वडाकोे संयुक्त जनसभामा पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र बाफिकोटले जनाएको छ ।
नव प्रवेशिहरुलाई माओवादी केन्द्रका केन्दीय स्कुलिङ्ग विभाग प्रमुख महेन्द्र केसीले प्रवेश गराउनु भएको हो । नेकपा माओवादी केन्द्र बाफिकोटले यस अघि फागुन १४ देखि २३ गते सम्म सबै वडामा जनसभा गर्ने निर्णय गरेको थियो । जस अनुसार वडा नम्बर १,३,४ र ५ नम्बर वडाका जनसभा सम्पन्न गरिसकेको जनाएको छ ।
आज सम्पन्न संयुक्त जनसभामा नेकपा माओवादी केन्द्रका केन्दीय स्कुलिङ्ग विभाग प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै प्रदेश समिति सदस्यहरु धर्म बहादुर केसी,चन्द्र बहादुर शाही,दिपेन्द्र बहादुर मल्ल,बाफिकोट गाउपालिका समिति अध्यक्ष चन्द्र बहादुर केसी,उपाध्यक्ष झरणा शाही,शेरु बिक अनेरास्ववियु क्रान्तिकारी प्रदेस समिति सदस्य तथा गाउपालिका ईन्चार्ज किरण विश्वकर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News