विनिता समाल : रुकुम पश्चिम काे चौरजहारी नगरपालिका वडा नम्बर ५ मा नेकपा माओवाद केन्द्र निकट वाइसीएल नेपाल चाैरजहारी काे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । नर बहादुर बुढा काे अध्यक्षता मा ३९ सदस्यीय वडा समिति पुर्णगठन भएकाे छ । जस्मा अध्यक्ष नर बहादुर बुढा , राकेश पुन, हरि ओली, डिल्ली बिक लाई उपाध्यक्षमा छनाेट गरिएकाे छ सचीव कमल आचार्य,सहसचीव युबराज ढकाल र इन्द्र पुन,कोषाध्यक्ष सन्तोष परियार लाइ छनाेट गरेकाे छ । साथै ५ नम्बर वडा का सबै टोलहरु मा वाइसीएल चाैरजहारीले खेलकुद सामाग्री युबाहरुलाइ बितरण गरेकाे छ ।
भेला बाट यहि फाल्गुन २० गते बाट सुरु हुने वाइसीएल नेपाल चाैरजहारी नगर सम्मेलनका लागि प्रतिनिधि छनाेट गरेकाे छ । माओवादी केन्द्र नगर उपाध्यक्ष खुम बहादुर खड्का काे प्रमुख आतिथ्यता प्रशिक्षण रहेकाे भेलामा अतिथि वाइसीएल नेपाल चाैरजहारी नगर अध्यक्ष एलवि कटुवाल लगायत काे उपस्थित रहेकाे थियाे ।
