नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगर समितिको बिस्तारित बैठक सम्पन्न
64x64
२०७८ फाल्गुण १७ मंगलबार प्रेसपालिका संवाददाता
173 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगरपालिकाको बिस्तारित बैठक सम्पन्न भएको छ । नगर समिति अध्यक्ष धिरन सेर्पालीको अध्यक्षतामा सम्पन्न भएको बैठकले बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन लाई लक्षित गरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य बसन्त शर्माको सयोजकत्वमा ४५ सदस्य निर्वाचन परिचालन समिति गठन गरिएको छ । साथै फाल्गुन २१ गते हुन लागेको अखिल महिला संघ क्रान्तीकारीको नगर सम्मेलन र चैत्र ५ गते हुने वाइ सि एल नेपालको नगर सम्मेलन सम्पन्न गर्नको लागि तयारीमा लाग्ने , मतदाता सर्भेक्षण गर्ने र चैत्र १० गतेसम्म नगरमा भएका सम्पुर्ण जनवर्गीय संगठनहरुको भेला सम्मेलन र बैठक गरि सक्ने निर्णय गरेको छ ।
साथै बैठकले नगरमा विभिन्न १७ बिभागका फ्याक्सन इन्चार्ज समेत तोकेको छ । १४ वटै वडाका वडा समितिका अध्यक्षहरुले विभिन्न विषयमा रिपोर्टिङ गरेको बैठकमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिति सदस्य राज कुमार शर्मा ,बसन्त शर्मा केन्द्रिय निर्वाचन आयोग सदस्य देबिलाल गौतम, प्रदेश समिति सदस्य गोबिन्द रोका ,बुद्धि प्रशाद शर्मा ,गोप्श्यर के सि ,जय बहादुर पाण्डे प्रेम कुमारी सुनार ,मिलन खड्का श्रीकुमार कठायत लगाएतको आथित्यता रहेको कार्यक्रमको सन्चालन नगर समिति सचीव सुशील गौतमले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News