
पश्चिमकाे मुसिकोट नगरपालिका वडा न १० मा नेपाल दलित मुक्ति मोर्चाको वडा भेला सम्पन्न भएको छ । उक्त वडा भेला बाट शसिराम सुनार को अध्यक्षतामा २७ सदस्यीय वडा समिति गठन गरिएको छ । जसकाे उपाध्यक्षमा पबित्रा बि क सचीवमा मिना बि क,सह सचिवमा गाेपाल साेनी र काेषाध्यक्षमा तुलसा सुनार रहेका छन । दलित महिला वडा सदस्य शाेभा परियार अध्यक्षतामा भएको भेलामा नेपाल दलित मुक्ति मोर्चाका जिल्ला समन्वय समिति संयाेजक लाल बहादुर सेर्पाली, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश समिति सदस्य श्री कुमार कठायत मुसिकाेट नगर समिति काेषाध्यक्ष जाेखिमाया कठायत,नगर समिति सदस्य, धन बहादुर खड्का नग, बिभाग संयाेजक टेक बहादुर कठायत नेपाल दलित मुक्तिमोर्चा नगर समिति अध्यक्ष सुशील बिश्वकर्मा सचिव निर्मला बि.क काेषाध्यक्ष चन्द्र बहादुर बि.क त्यसै गरि नेपाल कम्युनिस्ट पार्टी माअाेबादि केन्द्र वडा समिति अध्यक्ष जीत बहादुर खड्का सचिव अबिनाश बि क र काेषाध्यक्ष निस्ठा महर लगाएतको आथित्यता भएको कार्यक्रमको सन्चालन वडा इन्चार्ज हरिभान सुनार ले गर्नु भएको थियो । साथै २०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमाले बाट दलित महिला वडा सदस्य पराजित भएका कमला कुमाखि नेकपा माअाेबादि केन्द्र प्रबेश गर्नुभएको थियोे ।
