रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ मा माओवादी केन्द्र सम्बद्ध नेपाल दलित मुक्ति मोर्चाको वडा भेला तथा बैठक सम्पन्न भएको छ । नेपाल दलित मुक्ति मोर्चाका जिल्ला सदस्य असारे नेपालिको अध्यक्षतामा सम्पन्न भएको भेलाले मोतिराम कामिको अध्यक्षतामा २३ सदस्यिय वडा समिति निमार्ण गरेको छ । जसको उपाध्यक्षमा मनिराम सार्की र तिले कामि ,सचिव निर्मला विक रसाईलि र कोषाध्यक्षमा भगवति विक लाई चयन गरेको छ । भेलाले वडामा रहेका प्रत्येक टोलहरुमा टोल समिति निमार्ण गर्ने निर्णय पनि गरेको छ ।
भेलामा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य पुष्प वादीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र नगर समिति सदस्य गोपाल भण्डारी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । भेलाको सञ्चालन लक्ष्मि सुनारले गर्नुभएको थियो ।