वाइसीएल नेपाल चाैरजहारी ७ काे भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
178 Views

डिल्ली बस्याल : रुकुम पश्चिम को चौरजहारी नगरपालिका वडा नम्बर ७ मा नेकपा माओवाद केन्द्र निकट वाइसीएल नेपालफ चाैरजहारी काे वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
वाइसिएल नेपाल चाैरजहारी नम्बर वडा ७ मा कमल सुनारको अध्यक्षतामा सम्पन्न भएको छ भेलाले यही फाल्गुन २० गते देखि सुरु हुने वाइसिएल नेपाल चौरजहारी नगर सम्मेलनका लागि प्रतिनिधि छनोट गरेको छ ।
वडाका युवाहरूलाई बिभिन्न खेलकुदका सामग्री पनि वितरण गरिएको छ ।
वाइसिएल नेपाल चौरजहारी नगर उपाध्यक्ष  सुदास स्वर्णकारको प्रमुख आतिथ्यता रहेको भेलामा नगर कमिटी सदस्य तथा वडा कमिटि इन्चार्ज  भिमा थापा वडा नम्वर ७ का वडा अध्यक्ष ईन्द्रलाल शर्मा तथा वेपता सन्तति फाउन्डेसन कर्णाली प्रदेश अध्यक्ष एव नगर कमिटि सदस्य समिर केसी ७ नम्बर वडा कमिटी उपाअध्यक्ष केशर जैसी लगायतका नेताहरुको उपस्थितिमा रहेको थियो
भेलामा युवाहरुलाई राजनीतिक तथा सांगठनिक प्रशिक्षण दिएको थियो भने कार्यक्रमको सञ्चालन समिर केसीले गरेका थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News