वाईसीएल नेपाल सानिभेरी १ को दोस्रो बैठक सम्पन्न ।
64x64
२०७८ फाल्गुण १२ बिहिबार प्रेसपालिका संवाददाता
269 Views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग ( वाईसीएल) नेपाल सानिभेरी गाउपालिका १ को दोस्रो बैठक सम्पन्न भएको छ ।
बिमल प्रकाश पुनको अध्यक्षतामा बसेको बैठकले प्रत्येक टोलमा टोल सेल समिति गठन यथाशीघ्र गर्ने निर्णय पनि गरेको छ ।
नेकपा माओवादी केन्द्र सानिभेरी गाउँपालिका ले प्रत्येक वडाका बैठक भेला र जनबर्गिय संगठन संग छलफल गरीरहेको सानिभेरी गाउपालीका पाटी सचिव टेक बहादुर पुनले जानकारी दिनुभयो ।जनबर्गिय संगठन र वडाका बैठक भेला सकिएपछी प्रत्येक टोलटोल मा गयर जनबर्गिय संगठन निर्माण ,जनताका गुनासाहरु सुन्ने र पाटीका कामकाजलाई चलायमान बनाउने पुनले जानकारी दिनुभयो ।

बैठकमा नेकपा माओबादी केन्द्रका गाउँपालिका पाटी सचिव टेक बहादुर पुन,वडा पाटी सचिव अमरसींहपुन, वाइसीएल  गाउँपालिका उपाध्यक्ष बालकृष्ण बिक ,सचिव रमेश बि क , वाइसीएल जिल्ला सदस्य सन्तोष बि क, लगाएतका नेताहरुका उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News