नेकपा माओवादी केन्द्र सानिभेरी गाऊपालिका अन्तर्गत वडा समितिका बैठकहरु सम्पन्न
64x64
२०७८ फाल्गुण ०८ आइतबार प्रेसपालिका संवाददाता
287 Views

छविलाल विस्ट
नेपाल कम्युनिस्ट पार्टी माआवादी केन्द्र सानिभेरी गाउँपालिका अन्तर्गत बिभिन्न वडाका बैठकहरु सम्पन भयका छन् वडा नम्वर १,२,३,४,५,६,८,९ र १० नम्बर वडाका वडा समितिका बैठक सम्पन भएका छन् । यस्तै पाटीले गाउँपालिकाका बिभिन्न जनबर्गिय संगठन संग पनी छलफल जारी राखेको छ ।

वाई सि एल, बिद्यार्थी, महिला संगठनका बैठक पनि सम्पन्न गरेको पाटी सचिव टेक बहादुर पुनले जानकारी दिनुभयो । बैठकले पार्टीको सांगठनिक संरचना मजबूत बनाऊने र जसका लागि वडामा रहेका बिभिन्न टोल समितिको बैठक सम्पन्न गर्ने र पाटीका कामकाजलाई तिब्ररुपमा अघि बढाएर काम गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र सानिभेरी गाउँपालिका समितीको माघ २३गते बसेको बैठकको निर्णय अनुसार पाटीले प्रत्येक वडाका बैठकहरु सम्पन्न गरेको प्रदेश समिति तथा पालिका ईन्चार्ज बिर्ख बहादुर बिष्टले जानकारी दिनुभयो ।जस अनुसार अब ७ नम्वर वडा र ११नम्वर वडाका बैठक गर्न बाँकि रहेको छ ।

वडाका बैठक सम्पन्न भैसकेपछि टोल समिति सहित जनवर्गिय समिति गठन गर्ने बत्ताएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पुन, प्रदेश समिति सदस्य बिर्ख बहादुर बिस्ट ,नेकपा माओवादी केन्द्र गाउपालिका समिती अध्यक्ष भुपालसि ओलि, उपाध्यक्ष मोतिराम खड्का लगाएतका नेता कार्यकर्ताको उपस्थितिमा बैठक सम्पन्न भएका हुन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News