आठबिसकोटमा सहिद सप्ताहको अवसरमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने ।।
64x64
२०७८ फाल्गुण ०७ शनिबार प्रेसपालिका संवाददाता
664 Views

प्रेसपालिका संवाददाता
अखिल (क्रान्तिकारी) आठबिसकोट नगर समिति रुकुम पश्चिमको तेस्रो वैठक सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) नगर अध्यक्ष जनक खत्रिको अध्यक्षतामा बसेको वैठकले सहिद सप्ताहको अवसर पारी यहि फाल्गुन १४ गते माध्यमिक बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने निर्णय गरेको छ। त्यस्तै अखिल (क्रन्तिकारी)नगर समितिको कार्यालय स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ ।
साथै बैठकले जिम्मेवारी बाडफाड पनि गरेको छ नगरमा सन्चालित बिद्यालयहरुमा ईन्चार्ज तोकेको हो ।
बैठकमा नेकपा माओवादी केन्द्र आठबीसकोट नगर अध्यक्ष रवि के सी,पार्टीका नेता मनिराज बटाला,अखिल (क्रान्तिकारी) प्रदेश समिति सदस्य तथा जिल्ला सचिव खुमराज ओलि,पार्टी सदस्य सन्देश बिक लगायतका नेताहरुको उपस्थिति रहेको थियो।
बैठकको सन्चालन अखिल (क्रान्तिकारी) नगर सचिव दिपक केसीले गर्नुभएको थियो ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News