प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्माको तलिगाउँदेखि बाँकिखोलासम्मको गत भदौ महिनामा पहिरो गई अवरुद्ध भएको बाटो निर्माण गरिएको छ । अवरुद्ध भएको बाटो तरुण दलले निर्माण गरेको हो ।
बाटो अवरुद्ध हुदाँ स्थानीयलाई दैनिक आवातजावतमा निकै समस्या भएको थियो । बाटो निर्माण भएपछि सहज भएको स्थानीयको भनाई छ ।
तरुण दल बाँफिकोटका कोषाध्यक्ष जनक कुसारीको नेतृत्वमा करिब ३ सय मिटर बाटो निर्माण गरिएको तरुण दल बाफिकोट ६ का सभापति कमल कुसारी जानकारी दिनुभयो । बाटो निमार्ण भएपछि बाँफिकोट ६ र ८ मा आवातजावातमा सजिलो भएको स्थानीय नवीन परियारले जानकारी दिनुभयो ।