वाई सि एल नेपाल चौरजहारी १२ वडा समितिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।।
64x64
२०७८ फाल्गुण ०७ शनिबार प्रेसपालिका संवाददाता
790 Views

प्रकाश डाँगी
रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ मा नेकपा(माओवादी केन्द्र) निकट युवाहरूको सङ्गठन वाई सि एल नेपालको वडा समिति भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वाइ सि एल नेपाल १२ नम्बर वडा समिति अध्यक्ष ओमप्रकाश बिकको अध्यक्षतामा सम्पन्न भएको भेलाले यहि फाल्गुन २० गते देखि सुरु हुने वाइ सि एल नेपालको चौरजहारी नगर सम्मेलनका लागि प्रतिनिधि छनोट गरेको छ । साथै वडाका युवाहरुलाई बिभिन्न खेलकुदका सामाग्री पनि वितरण गरेको छ ।

वाइ सि एल नेपाल चौरजहारी नगर इन्चार्ज लालबहादुर बिस्टको प्रमुख आतिथ्यता रहेको भेलामा वाइ सि एल नेपाल चौरजहारी नगर अध्यक्ष लालबहादुर कटुवालको विशेष आतिथ्यता तथा नेकपा माओवादी केन्द्र १२ नम्बर वडा इन्चार्ज टीकाराम वली ,पार्र्टीका वडा समिति अध्यक्ष रणबहादुर ओली,पार्र्टीका वडा समिति सचिव विष्णुकुमार जैसी ,वाइ सि एल नेपाल १२ नम्बर वडा इन्चार्ज भीमबहादुर खत्री लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन वाइ सि एल नेपाल चौरजहारी नगर समिति सदस्य ज्ञान प्रसाद शर्मा ले गर्नु भएको थियो । भेलामा युवाहरुलाई राजनितिक तथा सांगठनिक प्रशिक्षण दिएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News