१५ सदस्यीय समिति चयन गर्दै नेराकस आठबीसकोटको प्रथम सम्मेलन सम्पन्न
64x64
२०७८ फाल्गुण ०६ शुक्रबार प्रेसपालिका संवाददाता
228 Views

प्रेसपालिका संवाददाता
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती स्थानीय तह र स्वास्थ्यकर्मीको संयुक्त, प्रथम आठबिसकोट सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कर्णबहादुर केसीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा चंखलाल पुन, सचिवमा रत्नबहादुर परियार, सह सचिवमा चक्रबहादुर डिसी र कोषाध्यक्षमा त्रिपुरा चन्द मल्ल चयन भएका छन् । समितिको सदस्यमा कृष्ण थापा, देवबहादुर केसी, गोपाल विसी, देवबहादुर चन्द चयन भएका छन् ।

त्यस्तै भगवती शाही, भगवती ओली, नरिन्द्र कुमार, बुद्धिराम विक, टेबहादुर पुन र धनबहादुर आरसी पनि सदस्यमा चयन भएका छन् ।
सम्मेलनमा संगठनका केन्द्रीय सचिव शेरबहादुर खड्का, जिल्ला संयोजक तेजबहादुर केसी, माओवादी केन्द्र आठबीसकोट नगर अध्यक्ष रवि केसी लगायतको आतिथ्यतामा रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News