आठबिसकोटमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) पालिका स्तरिय प्रथम सम्मेलन सुरु
64x64
२०७८ फाल्गुण ०६ शुक्रबार प्रेसपालिका संवाददाता
92 Views

प्रेसपालिका संवाददाता
नेकपा माओवादी केन्द्र सम्बद्ध कर्मचारीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) स्थानीय तह र स्वास्थ्यकर्मी पालिका स्तरिय प्रथम सम्मेलन आठबिसकोट नगरपालिकामा सुरु भएको छ । प्रभाकारी जनसेवा र पेशागत अधिकार सुनिश्चिताको लागि राष्ट्रिय कर्मचारी संगठन शान्ति सुशासन आत्मनिर्भर र राष्ट्रीय समृद्धिको अभियानमा कर्मचारी परिचालन भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति आठबिसकोट नगरपालिका रुकुम पश्चिमको आयोजनामा पालिका स्तरिय प्रथम सम्मेलन सुरु भएको हो ।
नेपाल रास्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला सम्मेलन आयोजक समितिका सदस्य टेक बहादुर चन्दको अध्यक्षतामा पालिका स्तरिय प्रथम सम्मेलन सुरु गरिएको जिल्ला समिति सदस्य मान बहादुर बटाला ले बताउनुभयो ।
कार्यक्रममा नेपाल रास्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रिय सचीव शेर बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल रास्ट्रिय कर्मचारी संगठन (निजामति) जिल्ला आयोजक समिती संयोजक तेज बहादुर खत्री,े नेपालकम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठबिसकोट नगर समिति अध्यक्ष रबि केसि , नि प्रमुख प्रशासकीय अधिकृत इन्द्र बिष्ट, नगर अस्पतालमा कार्यरत डा सुशील प्यासा मण्डल नगर अस्पताल प्रमुख बिजय कुमार वलि , स्वास्थ्य तथा सामाजिक विकास शाखा सह सयोजक चंखलाल पुन लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संन्चालन जिल्ला सम्मेलन आयोजक समिति सदस्य मान बहादुर बटालाले गर्नुभएको थियो ।  कार्यक्रमको बन्द सत्र सुरु भएको र भोलि बन्द सत्र पश्चात १३ सदस्य नयाँ नेतृत्व चयन हुने आयोजकले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News