शहिद सप्ताहको अवसरमा चौरजहारीमा मावि स्तरिय वक्तृत्वकला र कविता प्रतियोगिता हुने
64x64
२०७८ फाल्गुण ०६ शुक्रबार प्रेसपालिका संवाददाता
573 Views

प्रेसपालिका संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चौरजहारी नगर समिति रुकुम पश्चिमको दोस्रो बैठक सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) नगर अध्यक्ष निर्मल केसिको अध्यक्षतामा सम्पन्न भएको बैठकले शहिद सप्ताहको अवसर पारि यहि फाल्गुन १६ गते नगरका माध्यमिक बिद्यालय स्तरीय जनयुद्ध र यसका उपलब्धि बिषयक वक्तृत्वकला र बैज्ञानिक तथा व्यावहारिक शिक्षा बिषयक कविता प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ ।
मावि मुल ईकाइ गठन भएका बिद्यालयहरुमा कक्षा ईकाई गठन गर्ने, अखिल (क्रान्तिकारी)चौरजहारी नगर समितिको कार्यलय स्थापना गर्ने निर्णय पनि बैठकल गरेको छ । बैठकले हिम बहादुर दमाईको अध्यक्षतामा ७ सदस्यिय साँस्कृतिक मोर्चा गठन गरेको छ । जसको सदस्यहरुमा दिपा देवकोटा,प्रतिभा श्रेष्ठ,मिलन शर्मा,बालिका खड्का,अरुणिमा थापा र अमर परियार रहनुभएको छ ।
साथै बैठकले बिभिन्न बिद्यालयहरुको ईन्चार्ज पनि तोकेको छ । शितल मावि चौरजहारीमा हिम बहादुर दमाई,मा वि खहरे ईन्चार्ज उत्तर बस्नेत,मावि कोटजहारी इन्चार्ज डिल्लि बस्याल,मावि खागल इन्चार्ज लाल बहादुर बुढाथोकि,जनकल्याण मावि सानाखोला इन्चार्ज प्रकाश डाङ्गी,मा वि जोगिनेटा इन्चार्ज अमृत आचार्य,हिमालय मावि खोलागाँउ इन्चार्ज शुसिला शर्मा,मावि साक्चाखोला इन्चार्ज ठकेन्द्र घर्ति,मा वि घरेलिचौर इन्चार्ज अनिल दाहाल,शितल मा वि (प्राविधिक तर्फ) इन्चार्ज अनुसा पुन,शितल क्यापस इन्चार्ज सेवक शर्मा,जहारी क्यापस इन्चार्ज हेमराज आचार्य,बहुप्राविधिक शिक्षालय इन्चार्ज सुजल आचार्य,हिमालय मा वि (प्राविधिक तर्फ) इन्चार्ज अपार रसाईलि र शितल मावि ईन्चार्जमा सुरज ओलिलाई तोकेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर अध्यक्ष श्रीकृष्ण शर्मा,उपाध्यक्ष खुम बहादुर खड्का,अखिल(क्रान्तिकारी) कर्णालि प्रदेस सदस्य तथा जिल्ला समिति उपाध्यक्ष निराजन के सि,एकिकृत शिक्षक संगठन चौरजहारी नगर समिति अध्यक्ष शेर बहादुर केसि लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन अखिल (क्रान्तिकारी) चौरजहारी नगर समिति सचिव अमृत आचार्यले गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |