प्रेसपालिका संवाददाता
रुकुम पश्चिमको खंलगामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध अखिल (क्रन्तिकारी) र योङ्ग कम्युनिस्ट लीग नेपाल (YCL) ले सयुंक्त रुपमा मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरोधमा राके जुलुस निकालेका छन् । एमसीसी खारेज गर्नुपर्ने माग सहित राके जुलुस निकालेका हुन् । जुलूस पछि कोण सभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) प्रदेश समिति सदस्य बिशाल बिस्ट र अखिल (क्रान्तिकारी) जिल्ला समिति अध्यक्ष नारायण केसीले एमसीसी खारेज नभए आन्दोलन लाई शसत्त बनाएर लैजाने चेतावनी समेत दिनुभयो ।
देशलाई धरौटिमा राखि ल्याऊन लागिएको सहयोग नचाहिएको र देश भन्दा माथि कोई नभयकाले एमसीसी खारेज गर्नुपर्ने केसीले बत्ताऊनुभयो । देशलाई घातहुने सम्झौता यदि कसैले गर्छ भने आफुहरु त्यसको बिरुद्द लाग्ने र आफुहरु देशको लागि हासि-हासि मर्न तयार भयको बिस्टले बताऊनुभयो ।