प्रेसपालिका संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिस्ट लिग (Y.C.L) नेपाल त्रिबेणि गाऊपालिका समिति सचिवालयको बैठक सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लीग त्रिवेणि गापालिका संयोजक सेर बहादुर मल्लको अध्यक्षतामा बसेको बैठकले सेल,टोल, र वडा समितिहरुको बैठक यथाशीघ्र सम्पन्न गर्ने र योङ्ग कम्युनिस्ट लीग नेपाल त्रिवेणि गाऊपालिका सम्मेलन फाल्गुण १९ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
साथै संगठनले पार्टी र सरकारसँग समन्वय गरि युवा लक्षित निति तथा कार्यक्रम सन्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा योङ्ग कम्युनिस्ट लीग नेपाल केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला ईन्चार्ज लक्ष्मण ओलिको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै नेकपा (माओवादी केन्द्र) त्रिबेणी गाऊपालिका उपाध्यक्ष सुन्दर ओलिको बिशेष आतिथ्यता रहेको थियो। बैठकमा नेकपा (माओवादी केन्द्र) त्रिबेणि गाऊपालिका सचिव चन्द्र बहादुर खड्का, योङ्ग कम्युनिस्ट लीग नेपाल जिल्ला संयोजक जनक कुमार बिक लगायतको आतिथ्यता रहेको थियो । बैठकको सन्चालन योङ्ग कम्युनिस्ट लीग नेपाल त्रिबेणि गाऊपालिका सचिव चुडामणि बस्नेतले गर्नुभएको थियो। ।