छविलाल बिस्ट
अखिल (क्रान्तिकारी) सानिभेरी गाउपालिका रुकुम पश्चिमको तेस्रो बिस्तारित बैठक सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) सानिभेरी गाउपालिका अध्यक्ष दिपक नकालको अध्यक्षतामा सम्पन्न भएको बैठकले यहि फाल्गुण १४ गते शहिद सप्ताहको अवसर पारि गाउपालिका अन्र्तगतका माध्यामिक बिद्यालय स्तरिय बिभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । जस अन्तर्गत मा. बि. स्तरिय हाजिरीजवाफ प्रतियोगिता,लोकदोहोरी र देश परिवर्तनमा जनयुद्धको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्ने निर्णय गरेको छ ।
साथै शहिद सप्ताहमा शहिद तथा घाइते अपाङ्गका सन्ततिहरुलाइ शैक्षिक सामाग्री बितरण गर्ने, फाल्गुण २१ गते भित्र मा. वि. मुल ईकाइहरुको बैठक सम्पन्न गर्ने,बिद्यालयहरुका समस्या पहिचान गरि,सामाधानको लागि सम्बन्धित निकाय समक्ष पहल गर्ने र आगामि स्थानिय तहको निवार्चनमा पार्टी लाई विजय बनाउन लागि पर्ने लगाएतका निर्णय गरेको छ ।
बैठकमा नेकपा (माओवादी केन्द्र) कर्णालि प्रदेस समिति सदस्यहरु बिर्ख बहादुर बिस्ट(केदार),धनबिर ओलि,दिपेन्द्र वि क(मुस्कान),नेकपा(माओवादी केन्द्र) सानिभेरी गाउपालिका समिति अध्यक्ष भुपालसिं ओलि(पृथ्वी), अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य जिवन खड्का, अखिल (क्रान्तिकारी) प्रदेस समिति सदस्य राम बहादुर बिस्ट(बादल) लगायतका नेताहरुको उपस्थिति रहेको थियो । बैठकमा केन्द्रिय सदस्य खड्काले सहभागिहरुलाई साङ्गठानिक गतिविधि बारे जानकारी तथा प्रशिक्षण दिनुभएको थियो ।
बैठकको सञ्चालन अखिल (क्रान्तिकारी) सानिभेरी गाउपालिका सचिव अपार रसाईलिले गर्नुभएको थियो ।