नेकपा(माओवादी केन्द्र) मुसिकोट ३ को बैठक सम्पन्न।।
64x64
२०७८ फाल्गुण ०४ बुधबार प्रेसपालिका संवाददाता
180 Views

प्रेसपालिका संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा समिति मुसिकोट नगरपालिका ३ रुकुम पश्चिमको दोस्रो बिस्तारित बैठक सम्पन्न भएको छ । वडा समिति अध्यक्ष राजु बि क को अध्यक्षतामा सम्पन्न भएको बैठकले यहि फाल्गुण १० गते सम्म टोल समितिको बैठक सम्पन्न गरिसक्ने निर्णय गरेको छ । जसअनुसार माछमी टोल समितिको बैठक फाल्गुण ७ गते,छेरा टोल समितिको बैठक फाल्गुण ८ गते र पिपलनेटा टोल समितिको बैठक फाल्गुण १० गते गर्ने निर्णय गरेको छ ।

बैठकले बिभिन्न टोलका टोल ईन्चार्ज समेत तोकेको छ । माछमी टोल ईन्चार्जमा बल बहादुर के सी र रुपा के सि लाई इन्चार्ज तोकेको छ । छेरा टोलमा लोक ब ददेल र पावर्ति खड्का (के सि),र पिपलनेटा टोलमा राजु बि क लाई टोल ईन्चार्ज तोकेको छ ।साथै बैठकले वडामा रहेका जनवर्गिय संगठनहरुलाई पुर्नजागरण गर्ने निर्णय गरेको बत्ताएको छ ।

बैठकमा कर्णालि प्रदेस समिति सदस्य बुद्धि प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै केन्द्रिय प्रचार–प्रसार बिभाग सदस्य तथा प्रदेस समिति सदस्य गोबिन्द रोका(सचिन) लगायतको आतिथ्यता रहेको बैठकको सञ्चालन पार्टी सचिव पावर्ती खड्का (के सी) ले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News