जसपाका सचिव र एमालेका जिल्ला सदस्य नेकपा एसमा प्रवेश ।।
64x64
२०७८ फाल्गुण ०३ मंगलबार प्रेसपालिका संवाददाता
160 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिममा जसपा र एमाले पार्टी परित्याग गरि २ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) रुकुम पश्चिमका सचिव र नेकपा एमाले रुकुम पश्चिमका जिल्ला सदस्य नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । जसपाका जिल्ला सचिव खगेन्द्र खत्री र नेकपा एमालेका जिल्ला सदस्य दिपेन्द्र कँवर पार्टी प्रवेश गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

पार्टी प्रवेश गर्नेलाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज देवि ओली र पार्टीका जिल्ला अध्यक्ष विमलकुमार पुनले स्वागत गर्नुभएको छ । आज बिहान पार्टी कार्यालय मुसीकोट खलंगामा एक कार्यक्रमका विच दुवै जनालाई पार्टी प्रवेश गराएको नेकपा एसका जिल्ला अध्यक्ष बिमलकुमार पुनले जानकारी दिनुभयो ।

नेकपा एसले स्थानीय तहको चुनावलाई लक्षित गरेर पार्टी संगठन निर्माण, सदस्य वितरण तथा नविकरण लगायतका कार्यक्रमहरुलाई तिव्रता दिएको अध्यक्ष पुनले बताउनुभयो ।।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News