
प्रेसपालिका संवाददाता
अखिल(क्रान्तिकारी) रुकुम पश्चिमले कार्यालय स्थापना गरेको छ । मुसिकोट नगरपालिका १ त्रिवेणि चोकमा कार्यलय स्थापना गरेको हो । कार्यलयमा २५ जनासम्मको सहभागितामा बैठक तथा अन्य कार्यक्रम गर्न सकिने अध्यक्ष नारायण केसीले जानकारी दिनुभयो । सवै पालिकाहरुमा पनि संगठनको सम्पर्क कार्यालय खोल्ने अखिल(क्रान्तिकारी) को योजना छ ।
कार्यालय उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य तथा कर्णाली प्रदेश समिति सदस्य गोविन्द रोका )सचिन)ले कार्यालय स्थापना पछि संगठनका हरेक काम कार्वाहीहरु सुव्यवस्थित गर्न र संगठन विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अखिल क्रान्तिकारीले विद्यार्थीहरुको पेशागत हक अधिकारका साथै शिक्षण संस्थाहरुमा देखिएका विकृति, विसंगतिका विरुद्ध संघर्ष गर्नुुपर्नेमा उहाँले जोड दिनुभयो । नेता रोकाले सामुदायिक विद्यालयहरुमा अँग्रेजी माध्यमबाट पठन पाठन शुरु गर्नको लागि संगठनले दवावमूलक कार्यक्रम अघि सार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश समिति जयबहादुर पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सुन्दर शर्मा र जीवन खड्का, पार्टीका आठविसकोट नगर अध्यक्ष रवि केसी र मुसिकोट नगर सदस्य वसन्त खड्कालगायतको आतिथ्यता रहेको थियो ।
