अखिल (क्रान्तिकारी) जिल्ला समिति रुकुम पश्चिमको बैठक सम्पन्न ।।
64x64
२०७८ फाल्गुण ०३ मंगलबार प्रेसपालिका संवाददाता
336 Views

प्रेसपालिका संवाददाता
अखिल (क्रान्तिकारी) जिल्ला समिति रुकुम पश्चिमको तेस्रो बैठक सम्पन्न भएको छ । नारायण के सी (प्रखर) को अध्यक्षतामा सम्पन्न भएको बैठकले संगठनको साधारण सदस्य संख्या सात हजार पु¥याउने निर्णय गरेको छ । संगठन विस्तारको लागि ‘स्कुल जाँउ अभियान’ संचालन गर्नुको साथै शहीद सप्ताहको अवसरमा छ वटै पालिकाहरुमा अन्तरविद्यालय स्तरीय रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ ।
साथै बैठकले संगठनको वेबसाईट संचालन गर्ने, शैक्षिक विकृतिका विरुद्ध संघर्ष गर्ने, तथा आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेद्वारहरुलाई जिताउन संगठनका सवै सदस्यहरु अग्रपंक्तिमा खटिएर काम गर्ने निर्णय गरेको छ ।
बैठकमा माओवादी केन्द्रका केन्द्रीय स्कुल विभाग सदस्य महेन्द्र केसी(पारसमणि) को प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै प्रदेश समिति सदस्य जयबहादुर पाण्डे,(पहाड) केन्द्रीय प्रचार विभाग सदस्य तथा कर्णाली प्रदेश समिति सदस्य गोविन्द रोका (सचिन), मुसिकोट नगर समिति सचिव शुशील गौतम, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सुन्दर शर्मा र जिवन खड्का तथा प्रदेश उपाध्यक्ष तुल देवकोटा को आतिथ्यता रहेको थियो । बैठकको सञ्चालन सचिव खुमराज ओलिले गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |