खिमला पुन मगर
अनेरास्ववियु (क्रान्तिकारी ) मुसिकोट नगर समितिको प्रथम बैठक सम्पन्न भयको छ ।मुसिकोट नगर इन्चार्ज , विशाल बिष्टको अध्यक्षतामा सम्पन्न भयको बैठकले विभिन्न बिद्यालयको जिम्मेवारी बाडफाड तथा कार्यविभाजन गरेको छ । जस अन्तर्गत विशाल बिष्ट ,चन्द्र ओलि र अञ्जना खत्रीको नेतृत्वमा प्रभात मा.बि दोपाई,महेन्द्र मा.बि चौतारा,त्रि.ज उ मा बि खलंगा ,बहुमुखी क्याम्पस खंलगा र सरस्वती मा बि सल्लेको जिम्मेवारी तोकिएको छ ।त्यसैगरी खिमला पुन ,नरेन्द्र खड्का र खुमराज ओलिको नेतृत्वमा पशुपति मा बि रातामाटा,यमुना नन्द नमुना मा बि सेरिगाउ,महाकाली मा बि सिस्नेखोला,लछ्मी मा बि कल्देउ र रुकुमेली क्याम्पस खलंगा ,दुर्गा बिक,हेलिना रावल ,यमन क्षेत्रीयाल र रमेश क्षेत्रीयालको नेतृत्वमा बाल कल्याण मा बि झुल्खेत,जन कल्याण मा बि भलाक्चा,ज्ञानोदय मा बि लहु,जनजागृति मा बि साख ,मालिका मा बि चुन ,तुलसा खनाल , देब बाबु देबकोटा,ओपेन्द्र खड्का र अर्पण के सिको नेतृत्वमा त्रिपूरा मा बि छिङ,बाल कल्याण मा बि सोलबाङ र जन कल्याण मा बि कासपोखरीको जिम्मेवारी तोकिएको छ ।
साथै बैठकमा समसामयिक विषयमा अतिथिहरु बाट प्रशिक्षण गरिएको थियो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) केन्द्रिय प्रचार-प्रसार बिभाग तथा कर्णाली प्रदेश सदस्य गोबिन्द रोका(सचिन ) को प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै माआवादी केन्द्र नगर समिति अध्यक्ष धिरन सेर्पालि,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य जिवन खड्का, अखिल कार्न्तिकारी जिल्ला अध्यक्ष नारायण के सी (प्रखर) लगायतका नेताहरुको आतिथ्यता रेहेको थियो ।
नेकपा(माओवादी केन्द्र) जिल्ला समितिको कार्यालय सेरिगाउ मा सम्पन्न भयको बैठक को सञ्चालन मुसिकोट नगर समिति उपाध्यक्ष खिमला पुनले गर्नु भयको थियो ।