त्रिवेणि १० मा माओवादी केन्द को बैठक तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
477 Views

प्रेसपालिका संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा समिति त्रिवेणि गाँउपालिका १० रुकुम पश्चिमको तेस्रो बिस्तारित बैठक तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका वडा समिति अध्यक्ष शेरमान खडका को अध्यक्षतामा सम्पन्न भएको बैठकले बिभिन्न टोल समिति तथा जनबर्गिय संगठनहरुको बैठक तथा भेला सम्पन्न गर्ने निर्णय गरेको छ । जस अनुसार टोट्के–सालाघारी टोलसमितिको बैठक फाल्गुण ३ गते,बरानेटी–सानचौर टोल समितिको फाल्गुण ४ गते र जिउला टोल समितिको बैठक फाल्गुण ८ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै जनबर्गिय संगठन अन्र्तगत शिक्षक संगठन अखिल क्रान्तिकारीको फाल्गुण ८ गते,अखिल नेपाल महिला संगठन क्रान्तिकारीको फाल्गुण १० गते,योङ्ग कम्युनिष्ट लिग नेपालको १३ गते,दलित मुक्ति मोर्चा नेपाल र मगर राष्टिय मुक्ति मोर्चाको फाल्गुण १४ गते र किसान संगठनको फाल्गुण १६ गते बैठक तथा भेला सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रिय सल्लाहकार परिषद सदस्य मीन बहादुर ओलि होसियार को प्रमुख आतिथ्यता तथा १० नम्बर वडा इन्चार्ज सेर बहादुर खड्का को बिषेश आतिथ्यता रहेको बत्ताएको छ । बैठकको सञ्चालन पार्टी सचिव शेर बहादुर ओलिले गर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News