नेकपा (माओवादि केन्द्र) वडा समिति त्रिवेणि गाउपालिका ९ रुकुम पश्चिमको बैठक सम्पन्न।।
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
550 Views

प्रेसपालिका संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (माओवादि केन्द्र) वडा समिति त्रिवेणि गाउपालिका ९ रुकुम पश्चिमको दोस्रो बिस्तारित बैठक सम्पन्न भएको छ । पार्टी वडा अध्यक्ष पदम बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले फाल्गुण १० गते सम्म टोल समितिको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । जस अनुसार १ नम्बर र २ नम्बर टोलको बैठक पाल्गुण ८ गते,३ नम्बर टोलको फाल्गुण ९ गते र ४ नम्बर टोलको फाल्गुण १० गते बस्ने निर्णय गरेको छ । साथै पार्टी,सरकार र जनता संग भेटघाट गर्ने र जनबर्गिय संगठनहरुको पनि बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।
पार्टीका केन्द्रिय सल्लाहकार परिषद सदस्य मीन बहादुर ओलि (होसियार) को प्रमुख आतिथ्यता रहेको बैठकमा त्रिबेणि गाउँपालिका समिति सहसचिब तथा वडा ईन्चार्ज जनक कुमार बिश्वकर्मा को बिषेश आतिथ्यता रहेको थियो ।
त्यस्तै गाउँ पालिका कमिटी सचिबालय सदस्य तथा सदस्यहरु निर्मल चन्द,वीर बहादुर डांगी, मान सिंह खत्री,प्रतिमा बस्नेत,वाईसीएल पालिका सह संयोजक चुडामनी बस्नेत,कर्मचारी संगठन निजामती पालिका सदस्य चन्द्रलाल डांगी,जेष्ठ नागरिक मन्च का सदस्य भिम बहादुर डांगी,पालिका सल्लाहकार सदस्य भद्र बहादुर रावल,डिल्ली गिरि लगायतको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन पार्टी सचिव तेज बहादुर खत्रिले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News