नेकपा माओवादी केन्द्र वडा समिति मुसिकोट ९ को तेस्रो बैठक सम्पन्न
64x64
२०७८ फाल्गुण ०२ सोमबार प्रेसपालिका संवाददाता
409 Views

प्रेसपालिका संवाददाता

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा समिति मुसिकोट ९ को तेस्रो बिस्तारित बैठक सम्पन्न भएको छ । वडा समिति अध्यक्ष ओपेन्द्र ओलीको अध्यक्षतामा भएको बैठकले वडा विभिन्न टोलहरुमा टोल ,सेल तथा वडा स्तरिय जनवर्गीय संगठनहरुको बैठक बस्ने निर्णय गरेको छ ।
होल–लिङगुर टोल समितिको बैठक फाल्गुन ५ गते,लिङगुर–चौखावाङ टोल समितिको बैठक फाल्गुन ६ गते गाउघर क्लिनिक भवनमा , स्वारा–कुन्सीम्ला टोल समितिको बैठक फाल्गुन ७ गते सचेतना भनवमा र होल्तारा–अदुवारी टोल समितिको बैठक फाल्गुन ८ गते होल्तारा बस्ने निर्णय गरेको छ ।
त्यस्तै जनवर्गीय संगठन तर्फ सहिद परिवार समाजको भेला फाल्गुन ११ गते हिलमा, अखिल नेपाल महिला संघको बैठक फाल्गुन १२ गते , अखिल नेपाल शिक्षक संगठनको बैठक फाल्गुन १३ गते होल्तारामा र वाइ सि एल नेपालको बैठक फाल्गुन १५ गते होल्तारामा बस्ने निर्णय गरेको छ ।
प्रत्येक पार्टी सदस्य समर्थक सुभचिन्तकका घर–घरमा एक घर दुई झण्डा राख्ने अभियान सन्चालन गर्ने निर्णय पनि गरेको छ । पार्टीको झण्डा र चुनाब चिन्ह रहेको झण्डा प्रत्येक घर घरमा राख्ने निर्णय गरेको छ । बैठकमा प्रदेश समिति सदस्य गोबिन्द रोका (सचिन) पार्टीका नेता गोप्यश्वर के सि, नगर समिति सह–सचीव नवीन ओली,नगर समिति सदस्य चम्फा परियार ,बिनोद ओली ,नौमा घर्तीको आतिथ्यता रहेको बैठकको सन्चालन वडा समिति सचिव खड्क के सि ले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |