प्रेसपालिका संवाददाता : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा समिति मुसिकोट नगरपालिका ,६ ले २७ औ जनयुद्द दिवसको अवसरमा शुभकामना आदान-प्रदान लगायत ,बिभिन्न ठाऊमा शुभकामना ब्यानर र पार्टीका झण्डा राखेर दिवस मनाएको छ । साथै पार्टीले जनयुद्द दिवसको शुभकामना दिएको छ । वडाले प्रेस नोट जारी गर्दै शुभकामना दिएको हो ।पार्टीका वडा सचिव दिपेन्द्र महतारा को हस्ताक्षरित प्रेस नोटमा भनिएको छ ।
निरंकुश जहाँनिया राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपालि जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिनको स्मरण गर्दै २७ औँ महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा समस्त वडा वासी,रुकुमेलि जनसमुदाय एवं नेपालि दाजुभाई दिदीबहिनिहरुमा हार्दिक शुभकामना व्यक्त गदछौ । प्रेस नोटमा भनिएको छ ।
साथै महान् जनयुद्धका क्रममा वडाका कृष्ण बहादुर बोहोरा,नविन बोहोरा,धन बहादुर गिरी,चन्द्रकलि रावल र पार्टीकै कामकाजको सिलसिलामा बिरामि परि केन्द्रिय स्नायु प्रणालिमा समस्या आई मृत्युवरण गर्ने नरेन्द्र बुढा लगाएतका दर्जनौ योद्धाहरुले आफ्नो प्राण उत्सर्ग गर्नु भयो । महान जनयुद्ध जनआन्दोलन र बिभिन्न कालखण्डमा चलेका जनताका न्यायपुर्ण आन्दोलनमा आफ्नो अमुल्य जिवनको बलिदानि दिनुहुने महान शहिदहरुमा श्रद्धान्जली अर्पण गरेको छ ।
सदियौ देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गण्तन्त्रको स्थापना भई समावेशिता,समानुपातिक,धर्मनिरपेक्षता,संघियता लगाएतका महत्वपुर्ण राजनैतिक उपलब्धिहरु प्राप्त गरेको र महान जनयुद्ध दिवसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा गदै समाजवादि राज्य व्यवस्था स्थापनाका लागि सबैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित समस्तमा शुभकामना व्यक्त गदछौ । जारि प्रेस नोटमा भनिएको छ ।।