त्रिवेणी गाउंपालिका मा २७ औं जनयुद्द दिवसको अवसरमा शुभकामना आदान-प्रदान
64x64
२०७८ फाल्गुण ०१ आइतबार प्रेसपालिका संवाददाता
711 Views

प्रेसपालिका संवाददाता : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र त्रिवेणी गाउंपालिका ले २७ औं जनयुद्द दिवसको अवसरमा शुभकामना आदान-प्रदान लगायत ,बिभिन्न ठाऊमा शुभकामना ब्यानर र पार्टीका झण्डा राखेर जनयुद्द दिवस मनाएको छ ।
त्रिवेणी गाउंपालिका सबै वडाका युवा,महिला,पार्टि कार्यकर्ता शहिद परिवार, घाइते अपाङ तथा बेपत्ता परिवार का सदस्यहरु र योङ कम्युनिष्ट लिग नेपाल वाइ सियल का सदस्य को सक्रीय सहभागितामा झन्डै १२ दर्जन बढि मोटर साइकल र्याली को साथ झन्डा ब्यानर चुनाब चिन्ह प्रदशर्न गर्दै सिम्रुतुमा पुगि र्यालि कोण सभामा परिणत भएको थियो ।गाउंपालिका को सिमाना क्षत्र खौला बजार देखि झुल्नेटा हुदै खारा,सिम्रुतु तथा मुसिकोट नगरपालिकाको सिमाना रातापहर सम्म पुगि कोण सभामा सिम्रुतुमा परिनत भयको सभामा ने क पा माओबादी केन्द्र का केन्द्रीय सल्लाहकार सदस्य मिन बहादुर ओलीको प्रमुख आतिथ्यता रहेको कार्यकरम मा कर्नाली पर्देश समिति सदस्य हरु झक्कु प्रसाद घर्ति,गनेश कुमार के सि र मोहन किशोर ओली को आतिथ्यता रहेको थियो । गाउंपालिका कमिटि अध्यक्ष गनेश खड्का को अध्यक्षता रहेको कार्यकरम मा शुभकामना मन्तब्य राख्दै नेता हरुले
निरंकुश जहाँनिया राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपालि जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिनको स्मरण गर्दै २७ औँ महान् जनयुद्ध दिवसको गौरवमय अवसरमा समस्त जनसमुदाय एवं नेपालि दाजुभाई दिदीबहिनिहरुमा हार्दिक शुभकामना ब्यक्त गर्नुभयको छ ।
साथै महान् जनयुद्धका क्रममा दर्जनौ योद्धाहरुले आफ्नो प्राण उत्सर्ग गर्नु भयो । महान जनयुद्ध जनआन्दोलन र बिभिन्न कालखण्डमा चलेका जनताका न्यायपुर्ण आन्दोलनमा आफ्नो अमुल्य जिवनको बलिदानि दिनुहुने महान शहिदहरुमा श्रद्धान्जली अर्पण गर्दै नेताहरुले सदियौ देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गण्तन्त्रको स्थापना भई समावेशिता,समानुपातिक,धर्मनिरपेक्षता,संघियता लगाएतका महत्वपुर्ण राजनैतिक उपलब्धिहरु प्राप्त गरेको र महान जनयुद्ध दिवसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पुरा गर्दै समाजवादि राज्य व्यवस्था स्थापनाका लागि सबैमा प्रेरणा प्रदान गर्ने विश्वाससहित समस्तमा शुभकामना व्यक्त गरेका छन । अब को अबस्था अबको क्रान्ति उत्पादन रोजगार र कृषि क्रान्ति को भएको समेत नेताहरुले बताउनुभएको छ । साथै निर्बाचन आयोगले सरकार को समन्वय मा स्थानिय तहको चुनाब बैषाख ३० मा तोकिसकेको र यस अबस्थामा पार्टि पंङ्क्ति आम कार्यकर्ता मतदाता एबम जनसमुदाय सबैले जनताको काम गर्ने पार्टि ने क पा माओबादि केन्द्र पार्टि मात्र जनता को हित मा जनपक्षिय काम गर्ने पार्टि भएकोले माओबादी केन्द्रको पक्षमा अबको जनलहर निर्मान गर्न सबै जुट्न नेताहरुले आग्रह गर्नुभएको छ । पार्टिको निर्देशन अनुसार पालिका तहको जनयुद्द दिबस को कार्यकरम सिम्रुतुमा भए पनि वडा स्तर मा समेत पार्टिले जनयुद्द दिबस को अबसर मा शुभकामना आदान प्रदान तथा शहिदहरुप्रति श्रदा अर्पन को कार्यकरम सम्पन्न गरेको नेकपा माओबादी केन्द्र त्रिवेणी गाउं कमिटि सचिब चन्द्र बहादुर खड्काले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |