मुसिकाेटमा २७ औ जनयुद्द दिवसको अवसरमा नगर समितिको सम्पर्क कार्यालय स्थापना
64x64
२०७८ फाल्गुण ०१ आइतबार प्रेसपालिका संवाददाता
429 Views

प्रेसपालिका संवाददाता : २७ औ जनयुद्द दिवसको अवसरमा मुसिकोट नगरपालिका १ खलगामा नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगर समितिको सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टीका प्रदेश समिति सदस्य बुद्धिप्रसाद शर्मा अनन्तले पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । त्यस्तै दिवसको अवसरमा नगरको वडा नम्बर ५ मा रहेको सहिद प्रतिष्ठानमा रहेका सहिदको सालिक तथा फोटोमा माल्यार्पण गरिएको नेकपा माओवादी केन्द्र मुसीकोट नगर समितिका सचिव शुशिल गौतमले जानकारी दिनुभयो ।मुसिकाेटमा २७ औ जनयुद्द दिवसको अवसरमा नगर समितिको सम्पर्क कार्यालय स्थापना - प्रेस पालिका

त्यस्तै वडा नम्बर १३ को मुग्लुखोलमा सहिद गेट उद्घाटन गरिएको छ । सहिद गेटको मुसीकोट नगर प्रमुख तथा नेकपा माओवादी केन्द्रका राष्ट्रिय निर्वाचन आयोग सदस्य देविलाल गौतमले उद्घाटन गर्नुभएको हो । मुसीकोट १३ वडा समितिले ७ जना सहिद परिवारलाई सम्मान समेत गरेको छ । वडा नम्बर १४ मा पनि जनयुद्ध दिवसको अवसरमा शुभकामना आदात प्रदान गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्ष्मी पुन, केन्द्रीय प्रचार विभाग सदस्य तथा प्रदेश समिति सदस्य गोविन्द रोका सचिन, सम्झना खड्का, बुद्धिप्रसाद शर्मा, माओवादी नेता गाेप्यश्वर केसी, नगर समिति अध्यक्ष धिरन शिर्पाली लगायतको आतिथ्यता रहेको थियो ।

अन्य वडाहरुले पनि जनयुद्ध दिवसको अवसरमा आज शुभकामना आदान प्रदान लगायतका कार्यक्रमहरु सम्पन्न गरेका छन् ।।मुसिकाेटमा २७ औ जनयुद्द दिवसको अवसरमा नगर समितिको सम्पर्क कार्यालय स्थापना - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News