प्रेसपालिका संवाददाता :नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ९ ले जनयुद्द दिवस बिभिन्न कार्यक्रम गर्दै मनाएको छ ।
निरंकुश जहाँनिया राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने उद्देश्यका साथ नेपालि जनताले शुरु गरेको सशस्त्र संघर्षको ऐतिहासिक दिनको स्मरण गर्दै वडाले वडाका बिभिन्न ठाऊमा शुभकामना व्यानर र पार्टीका झण्डा राखेको छ ।साथै वडाले दिवस कै अवसर पारी शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
साथै जनयुद्ध दिवसको अवसरमा वडाको होल्तारामा पार्टीको वडा कार्यालय उद्घाटन गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रिय प्रचार विभाग सदस्य तथा प्रदेश समिति सदस्य गाेबिन्द राेका सचिन र नेता गोप्यश्वर केसी संयुक्त रूपमा वडा कार्यालयको उद्घाटन गर्नुभएको हो । पार्टी कार्यायल स्थापना भएपछि पार्टीको कामकाजमा सहजता आउने नेकपा माओवादी केन्द्र मुसीकोट ९ले जनाएको छ ।