राजेश गिरी
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा समिति मुसिकोट नगरपालिका ७ रुकुम पश्चिमले पनि विविध कार्यक्रम गरि २७ औ जनयुद्द दिवस मनाएको छ ।
वडाका बिभिन्न स्थानमा पार्टीका शुभकामना व्यानर र पार्टीका झण्डा राख्नु का साथै वडाको साख मा चियापान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा माओवादी केन्द्रका नेता हिम बहादुर पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा मुसिकोट नगर समिति उपाध्यक्ष बुद्धि प्रसाद बुढा, अखिल कार्न्तिकारी केन्द्रीय सदस्य दिपेन्द्र बुढा लगायतको ऊपस्तिथि रहेको थियो।
जनयुद्धको जगमा नेपालमा सदियौ देखिको सामन्ती राजतन्त्रको अन्त्य र संघिय लोकतान्त्रिक गण्तन्त्रको स्थापना भई समावेशिता,समानुपातिक,धर्मनिरपेक्षता,संघियता लगाएतका महत्वपुर्ण राजनैतिक उपलब्धिहरु प्राप्त गरेको कार्यक्रमका वक्ताहरु बताएका छन् ।
त्यस्तै जनयुद्द दिवस कै अवसर पारी वडामा रहेको ठुलि दह युवा कल्वले खेलाडीहरुलाई १५ सेट जर्सी वितरण गरेको छ । खेल क्षेत्रको बिकास,र सम्बद्धन गर्नको लागी खेलाडीहरुको हौसलाको लागी जर्सी वितरण गरिएको कल्बले जानकारी दिएको छ ।।