रुकुम पश्चिममा जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम
64x64
२०७८ माघ २९ शनिबार प्रेसपालिका संवाददाता
432 Views

प्रेसपालिका संवाददाता
रुकुम पश्चिममा भोलि फाल्गुन १ गते विविध कार्यक्रम गरि २७ औँ जनयुद्ध दिवस मनाईने भएको छ । स्थानीय सरकारले दिवसको अवसरमा सार्वजनिक विदा दिएका छन् भने नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै छ ।

नेकपा माओवादी केन्द्र मुसीकोट नगर समितिले दिवसको अवसरमा भोली विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बिहान ८ बजे मुसीकोट नगरपालिका १ खलंगामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन संगै चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको नगर सचिव शशिल गौतमले जानकारी दिनुभयो ।
त्यसपछि मुसीकोट नगरपालिका ५ शेरिगाउँको सहिद प्रतिष्ठानमा रहेका सहिदका शालिक तथा फोटोमा माल्यार्पण र श्रदाञ्जली अर्पणको कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । वडा नम्बर १३ को मुग्लुखोलामा सहिद गेट उद्घाटनको कार्यक्रम पनि भोली नै रहेको छ ।

यसका साथै माओवादी केन्द्र मुसीकोटले विभिन्न ठाउँमा ब्यानर, पार्टीका झण्डा राख्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रमहरु गर्ने नगर सचिव गौतमले बताउनुभयो । नेकपा माओवादी केन्द्र त्रिवेणि गाउँपालिकाले झुल्नेटामा जनयुद्ध दिवसको अवसरमा शुमकामना आदाप्रदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा पालिका सहित सबै वडा समितिको सहभागिता रहने नेकपा माओवादी केन्द्र त्रिवेणिले जनाएको छ । जिल्लाका अन्य पालिका समितिहरुले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जनाएका छन् ।

नेकपा माओवादी केन्द्र बाँफिकोटले सहिद परिवारलाई सम्मान गर्दै छन् । गाउँपालिकाको आर्थिक सहयोगमा ८७ सहिद परिवारलाई दोसल्ला सहित १÷१ वटा गाग्रीले सम्मान गर्ने नेकपा माओवादी केन्द्रका बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।

वडा नम्बर २ को सहिद पार्कमा सहिद सम्मान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । १० वर्षे जनयुद्ध सुरु भएको २०५२ फागुन १ गतेको सम्झनामा हरेक वर्षको फागुन १ गते विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |