प्रेस सेन्टर नेपाल मुसिकोट नगर  समितिको बैठक सम्पन्न
64x64
२०७८ माघ २९ शनिबार प्रेसपालिका संवाददाता
480 Views

चन्द्र प्रकाश पाण्डे
प्रेस सेन्टर नेपाल मुसिकोट नगर समिति रुकुम पश्चिमको नगर समिति बैठक सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल मुसिकोट नगर समिति अध्यक्ष दिपेन्द्र महताराको अध्यक्षतामा भएको बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता देबिलाल गौतम को प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य बुद्धि प्रसाद शर्मा ,पार्टीको नेता गोप्श्वर के सि, प्रेस सेन्टर नेपाल केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज धुर्बबिक्रम बुढाथोकी ,नगर समिति अध्यक्ष धिरण सेर्पाली ,सचिव शुसिल गौतम,सह सचिब नवीन ओली, प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय सदस्य टेक बहादुर ओली लगाएतको आथित्यता रहेको थियो। बैठकले मुसिकोट नगर समितिको अक्षय कोष स्थापना गर्ने,आधारभुत पत्रकारिता तालिम सञ्चालन गर्ने,जिम्मेवारी बाँडफाँड लगाएतका निर्णय गरेको छ ।
बैठकको सञ्चालन सचिव लोकेन्द्र कठायतले गर्नुभएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगर कमिटीको माघ २५ गतेको पदाधिकारी बैठकको निर्णय अनुसार नगरमा रहेका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सम्बद्ध सम्पुर्ण जनवर्गीय संगठनहरुको बैठक तथा भेला गर्ने निर्णय भए अनुसार आज पहिलो दिन प्रेस सेन्टर नेपाल नगर समितिको बैठक सम्पन्न भएको हो । जस अन्तर्गत अखिल नेपाल महिला सघ क्रान्तिकारीको फाल्गुन २ गते, नेपाल दलित मुक्तिमोर्चाको फाल्गुन ३ गते, मगर रास्ट्रीय मुक्तिमोर्चाको फाल्गुन ४ गते, अखिल नेपाल शिक्षक संगठनको फाल्गुन ६ गते , वाइसीएल नेपालको फाल्गुन ७ गते, पुर्व जनमुक्ति सेना नेपालको फाल्गुन ८ गते,अखिल क्रान्तिकारी को ९ गते,नेपाल रास्ट्रीय कर्मचारी संगठनको फाल्गुन १३ गते
र सहिद परिवार समाज नेपालको फाल्गुन १४ गते, बैठक बस्ने समय तालिका तय गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News