संवाददाता :
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँफिकोट गाउँपालिकाको जनभेटघाट कार्यक्रम अन्तरगत बिहिबार वडा न. ७ को दोवाटोचौरमा जभेटघाट कार्यक्रम सम्पन्न भएको छ । बिभिन्न वडाका बिभिन्न टोलमा जनभेटघाट कार्यक्रम संचालन गर्दै आएको माओवादी केन्द्रले बिहिबार दोवाटोचौरमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा पछिल्लो राजनिति परिस्थिति, संगठन विस्तारको अवस्था, कार्यक्रता गुनासा सुन्नुका सार्थ स्थानीय निर्वाचनको विषयमा पनि छलफल भएको छ । भेलामा माओवादी केन्द्रका पालिका कमिटि उपाध्यक्ष नरबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै सोहि कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि ५ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् । पार्टी प्रबेश गर्नेमा रनसिङ कुसारी, सुरेस कुसारी, अशोक कुसारी, बिनिता कुसारी, र खैरे कुसारी रहनुभएको छ । उहाँहरुलाई पालिका कमिटि उपाध्यक्ष खत्रीले स्वागत गर्नुभएको हो ।।
