मुसिकोट १४ मा माओवादी केन्द्रको प्रशिक्षण सम्पन्न ।।
64x64
२०७८ माघ २७ बिहिबार प्रेसपालिका संवाददाता
339 Views

’संवाददाता :
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को मुसीकोट नगरपालिका वडा नम्बर १४ लोरिवाङमा भेला सम्पन्न भएको छ । माओवादी केन्द्रले जिल्ला भरमा पार्टी गतिविधिलाई बढाएको छ । जसअन्तरगत आज लोरिवाङ टोलमा प्रशिक्षण संचालन भएको माओवादी केन्द्र मुसीकोटले जनाएको छ ।

पार्टीका अनुसार उक्त कार्यक्रम मा नेपालि काग्रेस परित्याग गरि ४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शशिला बिष्ट, रिता ओली, पदम ओली र भद्रबिर ओली नेपाली माओवादी केन्द्रमा प्रवेश गरेको बताईएको छ । उहाँहरुलाई पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य तथा कर्णाली प्रदेश समिति सदस्य गोविन्द रोका सचिनले पार्टी प्रवेश गराउनुभएको हो ।

प्रशिक्षण भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य मिलन खड्का, नगर समिति सल्लाहकार हर्कबहादुर बिष्ट, नगर समिति सदस्य शुशिल बिष्ट, वडा समिति अध्यक्ष चन्द्रबहादुर बिष्ट र वडा सचिव मोतिराम खड्काको उपस्थिति रहेको थियो ।

१४ नम्बर वडाकै छिवाङखोलामा हिजो प्रशिक्षण संचालन भएको थियो । माओवादी केन्द्रले मुसीकोट नगरपालिकामा वडा, टोल तथा सेल समितिका बैठक, भेला, जनभेटघाट, प्रशिक्षण तथा छलफललाई तिव्रता दिएको छ ।

स्थानीय तहको चुनावको मिति घोषणा नहुँदै पार्टी पंक्तिलाई चलायमान बनाएको माओवादीले चुनावको मिति घोषणा भएपछि त्यसलाई चुनाव केन्द्रित गरेको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

समाजसेवी चन्द्र बहादुर विष्ट द्वारा व्यक्तिगत लगानीमा झण्डै एक लाख बढीको खेलकुद सामाग्री वितरण  |  रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |